मानव अधिकार उल्लंघनका दोषीलाई कार्बाही हुन्छ: प्रधानमन्त्री ओली

मङ्लबार, मंसिर २४, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार उलंघनका दोषीलाई कार्बाही गर्न सरकार सक्षम रहेको बताएका छन । ७१औं विश्व मानव अधिकार दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश मानव अधिकार उल्लंघन हुन नदिन सरकार सक्रिय रहेको बताए ।

प्रधानमन्त्री ओलीले मानव अधिकार र संक्रमणकालीन न्यायप्रति नेपाल सरकारको प्रतिबद्धताअनुरुप द्वन्द्वकालीन घटना सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगलाई प्रभावकारी बनाउन कानुनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराउने बताए ।

मानवाधिकारमैत्री संस्कृतिको निर्माण गरी संस्थागत गर्न सरकारको मात्र पर्याप्त भूमिका नरहने बताउँदै उनले त्यसका लागि समाजका सबै क्षेत्र, पेशा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेकामा जोड दिए । सरकारले मानवाधिकारको प्रवर्द्धनका लागि आधारभूत वातावरण निर्माण गर्न सम्बद्ध सबै क्षेत्रसँग अझ बढी सहकार्य र सहयोगको अपेक्षा गरेको उनले सन्देशमा बताएका छन् ।

सन्देशमा उनले आफूले राजनीतिक जीवन शुरु गरेदेखि अहिलेसम्म आफूले बोकेका, अपनाएका र पक्षपोषण गरेका तथा पृष्ठपोषण गरेका मान्यता संयुक्त राष्ट्र संघको बडापत्रमा आधारित रहेको उल्लेख गर्दै आफू ती लक्ष्य प्राप्त गर्न क्रियाशील रहने बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments