प्रधानमन्त्री ओली बालुवाटार फर्किए

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन ।  १० दिनदेखी उपचारार्थ प्रधानमन्त्री ओली आज तीन बजे बालुवाटार फर्किएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन ।

मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया पश्चात चिकित्सकको निगरानीमा अस्पतालमा बस्दै आएका थिए ।   प्रधानमन्त्री केपी ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक अस्पताल पुगेकी थिइन । प्रधानमन्त्रीलाई अझै केहि दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments