प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट  डिस्चार्ज गर्ने तयारी भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ प्रधानमन्त्री ओलीलाई १० दिनपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार भएको भन्दै डिस्चार्ज गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमिले बताए ।  प्रधानमन्त्रीलाई विहिबार साँझ वा शुक्रबार विहानसम्म डिस्चार्ज गरिने डा. सायमीले जनाएका छन ।  प्रधानमन्त्री ओलीको मंसीर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments