साग हेर्ने प्रधानमन्त्रीको इच्छा

आइप्याडबाट खेल हेर्ने व्यवस्था

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली खेलकुद (साग) हेर्ने इच्छा प्रकट गरेका छन ।  एपेन्डिसाइटिसको शल्यक्रिया पश्चात चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले साग हेर्ने इच्छा व्यक्त गरेका हुन ।

आइतबारबाट शुरु हुन लागेको साग खेलकुद हेर्नका लागि अस्पतालले आइसियु कक्षबाट नै अस्पतालले त्यसका लागि आइप्याडमा देखाउने तयारी गरेको हो । प्रधानमन्त्रीको उपचार टोलीका संयोजक डा। अरुण सायमीले आइसीयूमै आइप्याडबाट खेलको उद्घाटन देखाउने तयारी गरिएको जानकारी दिए ।

sag_udghatan

१३औँ साग प्राविधिक समितिका अनुसार सात राष्ट्रका कुल २,७१५ खेलाडीहरू यसपटक सहभागी छन्।  दुई हजारभन्दा बढी निर्णायकहरू संलग्न हुने खेलकुदका लागि सातै राष्ट्रका पदाधिकारीहरू नेपालमा आइसकेका छन्।

प्रतियोगितामा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ काश्य गरी १,११५ पदकका लागि प्रतिस्पर्धा हुनेछ। आयोजक नेपालले सबैभन्दा बढी ५९६ खेलाडीका साथ सबै खेलमा सहभागिता जनाएको छ। नेपालले तेस्रो पटक सागकाे आयोजक राष्ट्र भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata