प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार, हिँडडुल गर्न थाले

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेखनिय सुधार आएको छ ।  प्रधानमन्त्री ओलीको मंसीर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनको शरिरका घाउहरु पुरिदै गइरहेको चिकित्सकले जनाएका छन ।

उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठका अनुसार, “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, ।

उनको स्वास्थ्यमा सुधार आएसँगै ठोस खाने कुरा खाएका छन । साथै उनले सामान्य हिँडडुल समेत गरेका छन । प्रधामन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएपछि एक हप्ता भित्र उनलाई डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata