प्रधानमन्त्रीले कुरा गरे

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ ।  मंगलबार विहान ९ बजे अस्वस्थ भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित  मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा  एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो। चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री ओलीलाई आज विहान भेन्टिलेटरबाट हटाइएको थियो । प्रा.डा. उत्तम कृष्ण श्रेष्ठद्वारा जारी पछिल्लो विज्ञप्तीमा प्रधानमन्त्री ओली कुराकानी गर्न सक्ने अवस्थामा पुगेको जनाइएकाे छ ।

हेर्नुहाेस विज्ञप्ती

pm

याे पनि पढ्नुहाेस

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य सुधार, भेन्टिलेटर हटाइयो

प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata