प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ ।  मंगलबार विहान पेट दुखेर अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको देखिएपछि उनको शल्यक्रिया भएको हो ।

उनको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले जानकारी दिए।

सानो किसिमको शल्यक्रिया भएकाले समयमै शल्यक्रिया गरिएको चिकित्सकले जनाएका छन । प्रधानमन्त्रीलाई कति समय अस्पताल बस्ने भन्नेबारेमा सल्लाह भइरहेको जनाइएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्ती

oli

याे पनि हेर्नुहाेस

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata