प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी 

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकाएक फेरी अस्वस्थ भएका छन । प्रधानमन्त्री ओलीको प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । सेन्टरका डा.अरुण सायमीले ओलीलाई एपेन्डिसाइटिस भएको र अपरेसनको तयारी भइरहेको बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको ग्राण्डी अस्पतालमा चारपटक डायलासिस भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata