प्रधानमन्त्री बाकु जाँदै, क–कसलाई भेट्दैछन् ?

बिहिबार, कार्तिक ७, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनको अठारौं शिखर सम्मेलनमा भाग लिन आज(बिहिबार) अजरबैजानको बाकुतर्फ प्रस्थान गर्दैछन् ।  उनको साथमा पत्नी राधिका शाक्य पनि जानेछन् ।

उनीसँगै भ्रमण दलमा रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएअनुसार बाकुमा रहँदा प्रधानमन्त्रीले पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, भारतका उपराष्ट्रपति बैंकया नायडु, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलगायतसँग द्विपक्षीय कुराकानी गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले तयार पारिरहेको छ ।

Republic of Azerbaijan in world mapको लागि तस्बिर परिणाम

अठारौं शिखर सम्मेलन भोलि र पर्सि बाकुमा हुने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम पर्सि अर्थात् आउँदो शनिबार छ । प्रधानमन्त्री ओलीलगायत प्रतिनिधिमण्डलका नेताको सम्मानमा अजरबैजनाका राष्ट्रपति इल्हाम अलियेभले भोलि शुक्रबार बेलुका रात्रिभोजको कार्यक्रम गर्दैछन् । प्रधानमन्त्री  शिखर सम्मेलन सकिएलगत्तै पर्सि शनिबार साँझ नेपाल तर्फ लाग्नेछन् ।

उनी आइतबार बिहान स्वदेश आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिले बाकुमै छन् । उनले बुधबार बाकुमा असंलग्न आन्दोलनका मन्त्रीस्तरको बैठकमा भाग लिनुका साथै नेपालको तर्फबाट सम्बोधन समेत गरेका थिए ।

प्रधानमन्त्री ओली आज बिहान ११ः४० बजे त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments