अतिक्रमित भूमि फिर्ता लिन सरकार सक्षम छ: प्रधानमन्त्री ओली

हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस्

आइतवार, मंसिर १, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो भूमीको रक्षा गर्न सक्षम रहेको बताएका छन ।  कालापानी र लिपुलेकबारे प्रधानमन्त्रीको धारणा नआएको भन्ने सामाजिक गुनासो बढेसँगै प्रधानमन्त्री ओलीले उक्त अतिक्रमित भूमी रक्षा गर्न सरकार सक्षम रहेको बताएका हुन ।

आइतबार राष्ट्रिय युवा संघ नेपालको पहिलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’

नेपालको भूमीबारे हाल अन्तराष्ट्रिय जगतमा समेत छलफल भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले यो गौरवको विषय बनेको स्पष्ट पारे । उनले विगतमा शासक कमजोर भएकै कारण देशको सीमा अतिक्रमणमा परेको उल्लेख गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata