प्रधानमन्त्रीको स्वास्थ्यमाथि सल्लाहकारको खेलबाड

मङ्लबार, कार्तिक १९, २०७६



पार्टी अध्यक्ष निर्वाचित भएपछि २०७१ साल साउन १ गते पार्टी मुख्यालय बल्खुमा आयोजित समारोहमा केपी शर्मा ओलीले भनेका थिए, ‘कमरेडहरु, आजको काम भोलि गरौंला भन्ने सुविधा मसँग छैन ।’

हुन पनि त्यसबखत नै उनको स्वास्थ्य अवस्था कमजोर थियो । तथापि, उनको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी आएको थियो, जसलाई उनले कुशलतापूर्वक निभाए ।

संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्दै सात दशकदेखि नेपाली जनताले देखेको सपना पूरा गरे । उनै ओलीले संविधान निर्माणपछि भारतले लगाएको नाकाबन्दीको डटेर सामना गर्दै सरकारको नेतृत्व गरे भने नेपाली जनताका मुर्छित सपनाहरुमा रक्तसञ्चार गराए ।

र सुन्दर भविष्यको कल्पना साकार हुने आशा जगाए । फलस्वरुप संविधान कार्यान्वयनका क्रममा भएका तीनवटै तहको निर्वाचनमा तत्कालीन एमालेले ठूलो जनमत पायो । पार्टी अध्यक्ष भएका समय उनको स्वास्थ्य केही प्रतिकुल थियो ।

केही समयपछि त्यसमा उल्लेख्य सुधार देखियो । स्वास्थ्यले साथ दिएजस्तै पार्टीभित्र र बाहिरको जनमतले पनि उनलाई साथ थियो । केही दिनअघि उनी मृगौलाको डायलासिसका लागि अस्पताल भर्ना भए ।

प्रधानमन्त्रीको भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागिताको टुंगो सचिवालयले मिलाउँछ । तर सचिवालय यस्ता भीड तथा धपेडीबाट प्रधानमन्त्रीलाई जोगाउन ध्यान दिइरहेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata