भीम रावल र नारायणकाजीले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय भीम रावल र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न पाएनन् ।

गोप्य रुपमा डाइलासिस गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका नेता रावल र श्रेष्ठ नभेटेर फर्किएका छन । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेता रावल  बिहिबार ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको मिर्गौलाको डायलाइसिस चलिरहेकाले भेट्न नमिल्ने भन्दै स्वास्थ्यकर्मीले उनीहरुलाई भेट्न नमिल्ने बताएका थिए ।

प्रधानमन्त्रीलाई भेट्न नपाएपछि नेता रावलले भने, , ‘प्रधानमन्त्री ज्यूको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न पाइएन। उहाँको स्वास्थ्य अवस्था बाहिरै चिकित्सकहरुबाट लिएर फर्कें।’ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नेकपा प्रवक्ता नारायकाजी श्रेष्ठ अस्पताल पुगेका थिए । उनले पनि भेट्न नपाएपछि फर्किएको जनाएका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको भनिएता पनि उनको उपचारमा संलग्न चिकित्सक, निजी चिकित्सक र अस्पतालले  भने डायलाइसिस गरिएको विषयबारे गोप्य राखेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata