प्रधानमन्त्री ओलीद्वारा सी हिड्ने बाटोको निरिक्षण

शनिबार, अशोज २५, २०७६



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीन पिङको भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको निरिक्षण गरेका छन । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन पिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडकमा पुगी जानकारी लिएका हुन ।

सरकारले सी हिड्ने क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । प्रधानमन्त्री ओली आज बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्किएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार भ्रमणका कार्यसूची लगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझेको जानकारी  दिए। सीको स्वागतका लागि काठमाडौं उपत्याका रंगिचङ्गी बनाउनुका साथै उच्च सुरक्षा व्यवस्था अपनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments