किन भयाे प्रधानमन्त्रीको सम्बोधन स्थगित ?

बिहिबार, अशोज २, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिभि सभा संसदलाई गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।   प्रधानमन्त्रीले दिउँसो साढे २ बजे गर्ने भनिएको सम्बोधन विशेष कारण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आजको सम्बोधन स्थगित भएको हो । प्रधानमन्त्रीको दुबै सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो ।साथै सिंगापुर उपचारको विषयमा समेत संसदलाई जानकारी दिने कार्यक्रम रहेको थियो ।

प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गर्ने तय भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata