प्रधानमन्त्री ओली आज संसदलाई सम्बोधन गर्दै

बिहिबार, अशोज २, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (विहिबार) संसदलाई सम्बोधन गर्दैछन ।  दिउँसो साढे दुई बजे बस्ने संसद भवन वानेश्वरमा बस्ने प्रतिनिधी सभाको बैठकलाई उनले सम्बोधन गर्ने भएका हुन् ।

सिंगापुरमा उपचार गरि फििर्कए पनि उनले भ्रमण र उपचारको कुरा संसद मार्फत जानकारी गरिने जनाइएको छ ।प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाही प्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने उनको सचिवालयले जानकारी दिएको छ ।

यसैबीच संघीय संसद्को चालू अधिवेशन आज अन्त्य हुँदैछ । आजको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीवाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूचि छ । संसदको चालु अधिवेशन बैशाख सो¥ह गतेवाट शुरु भएको थियो ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्वपूर्ण विधेयक पारित भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata