हामी वीर पुर्खा र विद्वान पुर्खाका सन्तान हौं: प्रधानमन्त्री ओली

बुधबार, अशोज १, २०७६



काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली वीर पुर्खा र विद्धानको सन्तान भएको बताएका छन ।

बुधबार सातौं राष्ट्रिय विज्ञान दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर पुर्खाको वंशाणुगत गुण, प्राकृतिक सुन्दरता भएको उल्लेख गरे । उनले भने, ‘हामी वीर पुर्खा र विद्वान पुर्खाका सन्तान हौं । त्यो जीन हामीसँग छ । हाम्रो जीनमा नै खोज अनुसन्धान छ।अहिले भएका पाका वैज्ञानिकहरुले सीमित खोजअनुसन्धान गर्नुपर्‍यो होला । नयाँ पुस्तालाई अवसर छ ।’

उनले विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न युवाहरुलाई आव्हान गरे।देशमा विज्ञानका क्षेत्रमा लाग्ने युवाहरुलाई सरकारले लगानी गर्ने समेत उद्घोष गरेका छन ।

प्राकृतिक रुपमा देशमा प्रचुर सम्भावना रहेको बताउँदै प्रधानमन्त्री ओलीले ‘विज्ञान र प्रविधिको क्षेत्रमा लगानी गर्न सरकार तयार रहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata