पत्रकारसँग बोल्न मानेनन् प्रधानमन्त्री ओली

शुक्रबार, भदौ २०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन । नियमित स्वास्थ्य उपचारका क्रममा १४ दिनको लामो बसाईपछि सिंगापुरबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओली शुक्रबार १२ बजे काठमाडौं आइपुगेका हुन ।

उनको स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित सरकारका उच्च तहका पदाधिकारीहरु त्रिभुव अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए।

समाचार संकलनका लागि पत्रकारहरुलाई बोलाएको भए पनि प्रधानमन्त्री बोलेनन । भ्रमण र स्वास्थ्यको अवस्थाको बारेमा समेत उनले कुनै जानकारी दिएका छैनन ।

सिंगापुर रहँदा प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णु पौडेल र उपाध्यक्ष बामदेव गौतमलाई बोलाएका थिए । प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा दुई पटक मन्त्रीसँग भिडियो कन्फ्रेन्स समेत गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata