पार्टी प्रचण्डलाई, सरकार इश्वरलाई सुम्पदै प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

बिहिबार, भदौ ५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन ।

गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली २७ साउनमा नेपाल फर्किएका थिए । सिंगापुर बसाईको क्रममा उनले आफ्नो स्वास्थ्य परिक्षण गराउँदै मृगौलाको नयाँ औषधी चढाएका थिए । डाक्टरको सल्लाह बमोजिम भाद्र ५ गते फलोअपको निम्ति पाएको समय अनुसार उनी त्यस तर्फ प्रस्थान गरेका हुन ।

सिंगापुरबाट फर्किएको केहि दिन पछि प्रधानमन्त्रीलाई हल्का ज्वरो आएको थियो । उनलाई झापा ५ क्षेत्रका पार्टी कार्यकर्ताले बाल्वाटारमा स्वास्थ्य स्थिती बुझ्न जाँदा ठट्यौली शैलीमा आफू १५ वर्ष अघि विरामी परेको जनाएका थिए । डाक्टरको सल्लाह र भनाई बमोजिम आफु अझै २० -२५ वर्ष नमर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितीको बारेमा चौतर्फी चर्चा चलिरहेको समयमा उनले प्रतिपक्षलाई अर्काे निर्वाचनको सामना गर्न चुनौती समेत दिएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य १५ वर्ष अगाडि विग्रदा उनले भारतमा मृगौला प्रत्यारोपण गराएका थिए । पछिल्लो समय सिंगापुरमा मृगौलाको आयु बढाउन उनी त्यस तर्फ जान थालेका थिए ।

पार्टीको कामलाई हतार हतारमा सम्पन्न गर्र्दै उनी सिंगापुर प्रस्थान गर्नु पूर्व नेकपाको जिम्मा अर्का अध्यक्ष कमरेड प्रचण्डलाई सुम्पेका छन भने सरकारको जिम्मेवारी उपप्रधानमन्त्री इश्वर पोखरेलाई दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata