प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठक आव्हान

मङ्लबार, भदौ ३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक आव्हान गरेका छन । प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले पहिलो पटक सर्वदलिय बैठक बोलाएका हुन ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बोलाइएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका विषयमा छलफल हुने कार्यसूचि रहेको छ । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक साताभित्र आयोगलाई पुर्णता दिने बताएका थिए ।

आयोगलाई पुर्णता नदिएको विषयमा अन्तराष्ट्रिय समुदायले समेत बेला बेलामा प्रश्न उठाउदै आएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata