जयशंकरसँगको भेटपछि प्रधानमन्त्री फेरि सिंगापुर जाने

सोमवार, भदौ २, २०७६



प्रधानमन्त्री केपी ओली २०७६ भदौ ४ गते राति सिल्क एयरबाट स्वास्थ्य परीक्षणका लागि फेरि सिंगापुर जाने कार्यक्रम तय भएको स्रोत बताउँछ ।

२०७६ साउन १८ गते स्वास्थ्य परीक्षण र आराम गर्न भनेर सिंगापुर गएर १० दिनपछि २०७६ साउन २७ गते स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सेवन गर्न थालेको औषधिले असहज स्थिति उत्पन्न गर्न थालेपछि चिकित्सकहरुकै सल्लाहमा उनी पुनः स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्न लागेका हुन् ।

२० वर्ष अगाडि मृगौला परिवर्तन गरेका प्रधानमन्त्री ओलीलाई सिंगापुरका डाक्टरहरुले पछिल्लो परीक्षणपछि औषधि परिवर्तन गरिदिएका थिए । परिवर्तित औषधिको असर मूल्यांकन गर्नकै लागि प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दुई दिन लम्बिएको हो पनि भनिन्छ ।

सिंगापुरका डाक्टरहरुको सल्लाहअनुसार खान थालेको नयाँ औषधिले असहज बनाउन थालेपछि उनको स्वास्थ्य परीक्षण गरिराखेको चिकित्सकहरुको टोलीले पुनः उक्त औषधि र त्यसले पुर्याएको असरका सम्बन्धमा परीक्षण गर्नका लागि सिंगापुर २०७६ भदौ ५ गतेलाई समय निर्धारण गरिएको थाहा भएको छ ।

स्रोतका अनुसार, प्रम ओलीको पुनः स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने निश्चित भएको छ । २०७६ भाद्र ४ गते दुई दिने काठमाडौं भ्रमणमा आउने भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गरेपछि भदौ ४ गते राति प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिंगापुर प्रस्थान गर्नेछन् । –साँघु साप्ताहिकबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata