प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै

आइतवार, भदौ १, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा संसदलाई सम्बोधन गर्ने भएका छन ।

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाकाे बैठकमा सरकारका काम र समसामयिक विषयमा सदनलाई जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्रीको नियमित प्रश्नोत्तर तालिका पनि आजै परेको छ । संसद नियमावलीमा प्रत्येक महिनाको पहिलो र अन्तिम बैठकमा दश जना सम्मले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सक्ने व्यवस्था गरेको छ ।

सांसदहरुले गरेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनु पर्नेछ । यो कार्यक्रम एक घण्टासम्म चल्ने नियमावलीमा व्यवस्था गरिएकाे छ । तर चालु अधिवशेनमा अहिलेसम्म प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हुन सकेको छैन ।

त्यस्तै सम्बोधनमा स्वास्थ उपचारका लागि गरेको सिंगापुर भ्रमणका विषयमा पनि प्रधानमन्त्रीले जानकारी गराउने अनुमान गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata