स्वास्थ्य स्थितिप्रति चिन्ता र चासो राख्नेहरुलाई धन्यवाद: प्रधानमन्त्री ओली

सोमवार, साउन २७, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य चेकजाँच गरि स्वदेश फर्किएका छन ।

नियमित स्वास्थ्य चेकजाँचका लागि एक साता लामो उपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले ट्वीट मार्फत धन्यवाद ज्ञापन गरेका छन । उनले भनेका छन, “सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ।”

परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु। साथै उनले आफ्नो स्वास्थ्य प्रति चासो र चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने प्रति धन्यवाद ज्ञापन गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुभाष नेम्वाङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको ट्वीट जस्ताको तस्तै

oli

ज्ञातब्य नै छ ,प्रधानमन्त्री ओलीको मृगौला भारतमा प्रत्यारोपण गरिएको थियो।पछिल्लो समय उनी मृगौलाको नियमित फलोअपको निम्ति थाइल्याण्ड जाने गर्दथे । भारतमा उनको उपचारमा संग्लग्न डाक्टर थाइल्याण्ड गएसँगै फलोअपकाे निम्ति थाइल्याण्ड गइरहेका प्रधानमन्त्री ओली पछिल्लो समय सिंगापुर गएका हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata