प्रधानमन्त्री ओलीको स्वदेश फर्किने कार्यक्रम पून: स्थगित

आइतवार, साउन २६, २०७६



काठमाडौं । एक साता अघि स्वास्थ्य जाँच गर्न विदेश गएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यक्रम स्थगित भएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि एक साताअघि सिंगापुर पुगेका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको भए पनि उनको कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीको नीजी सचिवालयका अनुसार उनी सोमबार दिउँसो नेपाल फर्किने छन्। उपचार नसकिएका कारण आइतबारको कार्यक्रम रद्द भएको बताइएको छ।

प्रधानमन्त्री ओलीसहित ९ जनाकाे टाेली स्वास्थ्य परीक्षणका लागि १८ साउनमा सिंगापुर प्रस्थान गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata