संविधानको धारा ३० पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

सोमवार, असार ३०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ३० मा भएको व्यवस्थालाई पूर्ण रुपमा कार्यन्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

राजधानीमा आयोजित जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ग्रीनहाउस ग्यास उत्सर्जनका कारण नेपाल लगायतका मुलुकले समस्या भोगिरहेको बताए । उनले संसारभरका मानिसहरु नेपालको भू-बनोट र प्राकृतिक सौन्दर्यताको अवलोकन मात्र नभई अनुसन्धान गर्न आइरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण गम्भीर समस्या उत्पन्न भएको बताउँदै यसैका कारण बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप बढिरहेको जानकारी दिए । उनले भने, “हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।”

प्रधानमन्त्री ओलीले सरकारले आगामी मार्च महिनामा सगरमाथा सम्बादको आयोजना गर्न लागिरहेको समेत जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata