गरिबीको अन्त्य गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

आइतवार, असार १५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा बरोजगारी र गरिबी अन्त्य हुने दाबी गरेका छन । उनले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि प्रतिपक्षीसँग आग्रह समेत गरेका छन ।

आइतबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबी अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि तयार हुनुपर्ने बताए । उनले भने, सरकारको राम्रो कामको चर्चा नगरे हुन्छ । देशका लागि, भोलिका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर अधिकतम सृजना गर्न र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको प्रष्ट पारेका छन ।

सरकारी निकाय, निजी क्षेत्र, विभिन्न ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकासका साझेदार र गैरसरकारी संस्थाका प्रतिनिधि रहेको सम्मेलन दुई दिन सम्म चल्ने भएको छ । सम्मेलनबाट प्राप्त सुझावका आधारमा श्रम तथा रोजगार क्षेत्रमा थप रणनीतिक कार्यक्रम सञ्चालन गर्न सघाउ पुग्ने सरकारको विश्वास छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata