अबको दुई वर्षभित्र सबै मालपोत कार्यालय ‘डिजिटलाइज्ड’ भइसक्नेछन: प्रधामन्त्री ओली

बुधबार, असार ४, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्ष भित्र सबै मालपोत कार्यालय ‘डिजिटलाइज्ड’भइसक्ने बताएका छन ।

बुधबार काठमाडौंको कलंकीमा नमुना मालपोत कार्यालयको घोषणा गर्दै अबको भूमि व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन शुरु गरिएको बताए । उनले भने, ‘अब मालपोतमा मात्र होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।

उनले नेपाललाई आधुनिकतासँगै लैजानका लागि प्रविधिको ठूलो भूमिका रहने बताए । प्रधानमन्त्री ओलीले भने, अबको दुई वर्षभित्र देशका सबै मालपोत कार्यलयका ढड्डा, पुराना लिखत डिजिटलाइज्ड भइसक्नेछन्।

उनले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुनेमा विश्वास व्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata