संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री ओली पत्रकार सम्मेलन गर्दै

मङ्लबार, असार ३, २०७६



काठमाडौं । संसदलाई सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन ।

नौं दिने यूरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै भ्रमण र गुठी विधेयकका विषयमा जवाफ दिने कार्यक्रम रहेको थियो । संसदमा आफ्नो भनाई राख्न रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण सम्बोधन गर्न सकेनन ।

पछिल्लो समय सदन देखी सडक सम्म विरोध भइरहेको गुठी विधेयक, लोकसेवा आयोगको विज्ञापन, मिडिया काउन्सील सम्बन्धी विधेयकका बारेमा आफ्नो धारणा राख्न संसदमा प्रवेश गरेका प्रधानमन्त्रीले जवाफ दिन नपाए पछि आज (मंगलबार) साँझ ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेकाे प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जनाएका छन ।

सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले ट्वीट मार्फत  युरोप भ्रमण र गुठी बिधेयक लगायतका समसायिक बिषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानीत सदनलाई जानकारी गराउन नपाउँदा दुखीत भएको उल्लेख गरेका छन ।

kp oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata