प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न पाएनन

मङ्लबार, असार ३, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे अवराेधकाे कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक शुरु हुने वित्तिकै प्रतिपक्षदलका सांसदले सभामुखसंग समय माग गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले पहिले प्रधानमन्त्रीका कुरा सुन्न र त्यसपछि समय दिने उद्घोष गरेपछि प्रतिपक्षदलका सांसदले नाराबाजी गरेका थिए । उनीहरुले संसदीय मर्यादा कायम गर भन्दै नारा जुलुस जारी राखे ।

सभामुख महराले पटक-पटक प्रतिपक्ष दलका सांसदलाई बस्न आग्रह गर्दा   पनि नाराबाजी जारी राखेका थिए । संसदलाई सम्बोधन गर्न रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्न पाएनन । प्रतिपक्ष दलले नाराबाजी जारी राखेपछि बैठक भोली सम्मका लागि स्थगित भएको सभामुख महराले घोषणा गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank