नौं दिने भ्रमण सकाएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

आइतवार, असार १, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने भ्रमण सकाएर स्वदेश फर्किएका छन । गत जेठ २५ गते युरोप प्रस्थान गरेका ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री ओली सहितलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् । उनको स्वागतका लागि नेकपाका नेता कार्यकर्ता समेत विमानस्थल पुगेका छन । उनको भ्रमणका बारेमा संञ्चारकर्मीहरुलाई जानकारी गराइरहेका छन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डे लगायत रहेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank