मेरो सरकार बनेपछि लुम्बिनी विकासले गति लिएको छ: प्रधानमन्त्री ओली

शनिबार, जेष्ठ ४, २०७६



लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो सरकार बनेपछि लुम्बिनी विकासले गति लिएको बताएका छन् । उनले लुम्बिनीलाई लुम्बिनी जस्तै  बनाउनु पर्नेमा जोड दिए ।

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब अशान्ती नहुने दावी गरे । दुनियाँलाई शान्तिको मार्गमा आउन उत्प्रेरित गरेकाे बताउँदै प्रधानमन्त्रीले अब मुलुकमा अशान्ती नहुने बताए ।

kp

 आफू केही साता अघि भियतनाम र कम्बोडियामा जाँदा बैशाख दिवस आयोजना गरेको भेटाएको स्मरण गर्दै उनले बुद्ध जयन्ती अन्तराष्ट्रिय रुपमा स्थापित भएको बताए । बुद्धको जन्मथलो कहाँ भन्ने कुरा लामो समयसम्म अन्योल रहेको भए पनि अब त्यस्तो भ्रमको अन्त्य भएको प्रधानमन्त्रीले उल्लेख गरे ।

स्वार्थको टकराव, हतियार निर्माणको होड चलिरहेको विश्वका विकसित मुलुकमा बुद्धका शिक्षाहरु पुर्याउन आवश्यक रहेको उनले दाबी गरे।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank