बालुवाटार जग्गाको छानविन हामीले गर्यौं, हमला हामी विरुद्ध छ: प्रधानमन्त्री ओली

शुक्रबार, जेष्ठ ३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार स्थित ललिता निवासको जग्गाको छानविन प्रक्रिया आफुहरुले अघि बढाएको भए पनि हमला आफु विरुद्ध भएको बताएका छन् ।

२६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, बालुवाटारको जग्गाको छानविन हामीले गर्यौं । हमला हामी विरुद्ध छ । ४७ साल देखी बालुवाटारको जग्गा हिनामिना भएको बताउँदै त्यसको सुक्ष्म रुपमा छानविन अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले भने, सुनकाण्ड तस्करीलाई हामीले रोक्यौं । विरोध हाम्रा विरुद्ध छ । भ्रष्टाचार नियन्त्रण गरेका छौं । माथिल्लो तहसम्म कार्बाही गरिएकाे छ।  भण्डारीकाे हत्या भएको २६ औं वर्ष पछि पनि उनका विचारहरुले अत्यन्त सशक्त रुपमा काम उल्लेख गरे । साथै उनले देखाएकाे मार्गमा कम्युनिष्ट आन्दोलन  र पार्टी अघि बढिरहेको जनाए ।

पार्टी एकिकरणको वर्ष दिन पुगेको सन्दर्भमा एकिकरणको प्रक्रिया समाप्त गर्दै अघि बढ्ने उद्घोष गरे । उनले प्रतिक्रियावादी, जनवादी र नेपाल विरोधी तत्वहरु पारस्पारिक द्धन्द्ध फैलाउन अनेक षड्यन्त्र गर्न थालेकाे उल्लेख गरे ।

राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आलोचना गर्ने कुनै ठाउँ नभेटेपछि मेरो सरकार भन्यो भनेर विरोध जनाएको आरोप लगाए । बेरोजगार युवाहरुलाई सय दिनको रोजगार दिन नसके पनि त्यसको आधा भत्ता दिन तयार रहेको बताउँदै सरकार अब झिना मसिना कुरामा नअल्झिने र समृद्धिको बाटोमा अघि बढ्ने जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata