सपना निदाएर मात्रै देखिदैन: प्रधानमन्त्री ओली

मङ्लबार, बैशाख २४, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपना निदाउँदा मात्रै देखिने सपना सपना नभएको बताएका छन् । सपना भनेको देश समृद्धिको लागि देखिने सपना भएको बताएका छन् ।

मंगलबार नीति तथा बजेट माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री ओलीले निदाउदा खेरि देखिने सपनालाई सपना भनेर नबुझ्न आग्रह गरे । उनले आलोचनाको कुनै ठाउँ नभएकोमा खुसी भएको बताएका छन् । नीति कार्यक्रममा आलोचना गर्ने ठाउँ नभएर नीति कार्यक्रम भन्दै टुङ्गो लगाएको बताएका छन् ।

उनले बजेटले धेरै प्रधानमन्त्रीले भने,आगामी बजेटले धेरै समेट्ने छ। प्रतिपक्षीले सामान्य कुरामा जोड दिएको भन्दै खन्यो पहाड निस्क्याे मुसो भने जस्तो भएको बताएका छन् । राष्ट्रपतिले  भण्डारीले मेरो सरकार भनेको भन्दै टिप्पणी गर्नु मुर्खता भएको उद्धघोष गरे ।

उनले विपक्षी दलका नेताले राष्ट्रपति भण्डारीलाई बेलायतको महारानीको संज्ञा दिएको भन्दै शब्द उपयुक्त नभएको बताए । उनले नेपालको राष्ट्रपति कार्यकारी नभएको भए पनि राज्य व्यवस्थाको सर्वाेच्च र अविभावकीय भुमिकामा रहेकाे स्मरण गराए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata