मुलुक समृद्धि तर्फ अघि बढेकाले अब कोही भोका बस्नु पर्दैन: प्रधानमन्त्री ओली

आइतवार, बैशाख १५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको दिशामा अघि बढिसकेकाले अब कोही पनि भोका बस्नु नपर्ने उद्घोष गरेका छन् । अब खान नपाएर, सडकमा मगन्ते भएर कसैले पनि हिड्न नपर्ने बताएका छन् ।

आइतबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री ओलीले खान,बस्न नपाउने गरिब र अशक्तको जिम्मा अब सरकारले लिने जनाए । उनले भने,‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ अगाडि बढेका छौँ । त्यसैले अब कोही पनि भोका रहने छैनन् ।

पन्ध्रौँ योजनाको अवधिमा निरपेक्ष गरिबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय रुपमा गिरावट आउने जिकिर गरे । हाल निरपेक्ष गरिबीको प्रतिशत घटाउन सरकारले ठूला आकांक्षा र महत्वाकांक्षाका साथ उथलपुथलकारी काम गरिरहेकाले सबै निकाय र क्षेत्रले सोहीअनुसार गति बढाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले जमिनको हदबन्दीमा लचिलो भएर हरेक क्षेत्र र भूगोललाई उत्पादनमुखी र व्यावसायिक बनाउँदै नेपाललाई स्वाधीन र समृद्धि तर्फ अघि बढ्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata