संबिधानको अवमूल्यन नगर्न ईयूलाई प्रधामन्त्री ओलीको चेतावनी

आइतवार, चैत्र ११, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ता माथि धावा नबोल्न चेतावनी दिएका छन् ।

युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन् । उनले संविधान नेपालको उपलब्धी भएको भन्दै नेपालको सार्वभौमसत्ता र त्यसलाई अबमूल्यन नगर्न चेतावनी दिए ।

आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को प्रतिवेदन लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनअघि मिसनद्वारा सार्वजनिक प्रतिवेदनको आलोचना गरेका हुन्। कार्यक्रममा  बाेल्दै ओलीले भने, यो नेपालललाई अण्डरमाइन्ड गरेको हो, हेपेको हो । मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौं ।’

नेपालको विरोधपछि सच्याउँला भन्ने ठानेको तर, ईयू झन जिद्दिपूर्ण देखिएको उनले बताए । उनले भने, म ईयूलाई आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुपर्छ ।’ निर्वाचन पर्यवेक्षणका नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै उनले त्यसको प्रतिशोध प्रतिवेदन नलिन आग्रह गरे ।

242 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank