मनमोहनको सपना साकार पार्न अग्रसर होऔं: प्रधानमन्त्री ओली

शुक्रबार, बैशाख १३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सपना साकार पार्न एक जुट हुनुपर्ने जोड दिएका छन् ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अबसरमा प्रधानमन्त्री ओलीले ट्वीट मार्फत उक्त कुरा बताएका हुन् । उनले नेपालको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व भएको उल्लेख गरे ।

दिवंगत प्रधानमन्त्री अधिकारीको २० औैं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई अझ एकतावद्ध बनाउँदै उनको सपना साकार पार्न अग्रसर हुनु पर्ने उल्लेख गरे।

प्रधानमन्त्री ओली ट्वीट जस्ताकाे तस्तै

kp oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank