विकास निर्माणकाे लागि संघीय सरकारले मात्र सम्भव छैन: प्रधानमन्त्री ओली

सोमवार, बैशाख ९, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार शान्ति सुव्यवस्था कायम गर्न लागिरहेको बताएका छन् । विकास निर्माणको काममा संघीय सरकार लागि परेको बताएका छन् ।

सोमबार कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका लागि संघीय सरकारले मात्र सम्भव नहुने अभिव्यक्ति दिएका छन् । उनले विकास निर्माणका लागि प्रदेश र स्थानीय सरकार समेत सक्रिय हुनु पर्नेमा जोड दिए । पार्टी एकताले देशमा नयाँ युगको शुरुवात भएको जनाएका छन् । उनले नेपाी कांग्रेस राजतन्त्रको पक्षमा हिडेको भन्दै आपत्ती जनाए ।

अध्यक्ष ओलीले ‘काँग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउन सपना देखेको देख्दा विचित्र लागेको बताए । लोकतान्त्रिक भन्ने पार्टीको गतिविधी हेरेर दया लागेको जनाए । उनले राष्ट्रियताका पक्षमा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै राष्ट्रिय एकताका पक्ष मजबुत बनाउन विभिन्न समुहहरुलाई मुल धारमा ल्याएको र पृथकतावाद समाप्त गरेको दाबी गरे।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata