आवश्यकता अनुसार संविधान परिमार्जन हुन्छ: प्रधानमन्त्री ओली

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार संविधान परिमार्जन हुने बताएका छन् । प्रधानमन्त्री ओली मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन संविधान र कानून परिमार्जन गर्दै जानेमा जोड दिए ।

सोमबार राजधानीमा नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश समृद्धीको दिसामा अघि बढ्ने वातावरण तयार भएको जनाएका हुन् । उनले सरकार र निजी क्षेत्रले अव अरुलाई दोष दिएर पन्छिने अवस्था नरहेको स्पष्ट पारे ।

कार्यक्रममा अर्थममन्त्री डाक्टर युवराज खतिवडाले सरकार र निजी क्षेत्रले अव अरुलाई दोष दिएर पन्छिने अवस्था नरहेको स्पष्ट पारे । उनले लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार झनै बलियो भएको उल्लेख गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata