प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत जाने
बिहिबार, चैत्र ८, २०७४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण तय भएको छ । प्रधानमन्त्री ओली भारतकाे निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् । उनी यहि चैत २३ देखि २५ सम्म भारत जाने भएका छन् ।
उनले अाफ्नाे पहिलाे पहिलो भ्रमण भारतलाई रोजेका छन् । स्राेतका अनुसार भारतले ओलीको अनुकुल हुने गरि चैत २३ २५ मा सहमति जनाएको छ । नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् । प्रधानमन्त्री भएका ओलीलाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र औपचारिक पत्र मार्फत बधाई दिदैं भारत भ्रमणको निमन्त्रणा गरेका थिए ।
नेपाली दूतावासका प्रबक्ता हरि ओडारीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको तर मिति घोषणा भै नसकेको जानकारी दिए ।
कुटनीतिक श्रोतका अनुसार ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठाएकाे छ ।
195 पटक पढिएको
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments