प्रधानमन्त्री ओलीले दिए पहिलो आवेदन

बिहिबार, चैत्र ७, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलविधुत आयोजनामा  सेयरका लागि पहिलो आवेदन दर्ता गरेका छन् । प्रधानमन्त्री ओलीले बिहिबार वालुवाटारमा त्रिशुली थ्रि बि आयोजनाका लागि दश हजार कित्ता शेयरका लागि पहिलो आवेदन दिँदै कार्यक्रम कार्यान्वयन प्रक्रिया शुरु गरेका हुन् ।

त्यस्तै कार्यक्रममा उर्जामन्त्री बर्षमान पुनले पनि एक हजार कित्ता शेयरका लागि आवेदन दिएका छन् । कार्यक्रम घोषणा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ३५ दिनभित्र आफैले आवेदन भर्ने बताएका थिए । जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले जनताको जलविद्युत आयोजना कार्यक्रम शुरु गरेको हो ।

‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विधुतको सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको कार्यक्रमबाट जलविधुत करिब सात खर्ब रुपियाँ लगानी जुटाउने सरकारको लक्ष्य  रहेकाे छ ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४ सय ७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना छनौट गरेको छ ।

 आयोजनाको सेयर स्वामित्वमा ५१ प्रतिशत सरकारी स्वामित्वका कम्पनी र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहने व्यवस्था गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata