ब्याजदर नियमन गर्न नेपाल राष्ट्र बैंकलाई प्रधानमन्त्री ओलीको निर्देशन

शनिबार, फाल्गुन ४, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाएको भन्दै तत्काल ब्याजदर नियमन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाएको भन्दैव्यवसायीले लगानी बाताबरण बनाउन नसकेको भन्दै  निर्देशन दिएका हुन् ।

शनिबार उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसघ तथा मोरङ उद्योग संघका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय मार्फत नोपल राष्ट्र बैंकलाई कर्जा र ब्याजदर नियन्त्रण गर्न निर्देशन दिएका हुन् । बैंकहरुलाई मुख्य गरी उत्पादनमूलक, रोजगारीका अवसर सृजना गर्न, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न पनि उनले सुझाव दिएका छन्।

उनले चिनि ब्यबसायीहरुले कृतिम अभाव सिर्जना गरि कालोबजारी गर्ने बेइमानी गरेको आरोप लगाएका छन् । पर्याप्त मौज्दात रहेको भन्दै आयत प्रतिबन्ध लगाउन लगाएर व्यवासयीले बजारमा चिनीको कृतिम अभाव र्सिजना गरिरहेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले  भने, “चिनी व्यवसायीले बेईमानी गरे, सुरुमा पर्याप्त मौज्दात भएको भन्ने अनि आयतमा रोक लगाए पछि कृतिम अभाव सृजना गरे ।” नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंकले चर्को ब्याज लिएकाले व्यवसायी मारमा परेको भन्दै ६ बुँदे सुझाव पेस गरेकी थिइन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments