मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास जारी रहेको प्रधानमन्त्रीको दाबी

सोमवार, माघ २८, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकलाई भाड्न खोज्ने तत्व अझै पनि सक्रिय रहेको आरोप लगाएका छन् । उनले देश समृद्धिको दिशामा अघि बढेको भए पनि केहि तत्वहरु मुलुकलाई अन्धारकै युगमा राख्ने प्रयासमा सक्रिय रहेको बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई निरासा फैलाउने कार्य भइरहेकाले त्यस्ता तत्वबाट जोगिनु पर्नेमा जोड दिए । उनले अन्धकार युगमा राखिरहने प्रयास भइरहेको त्यस्ता प्रवृत्ति विरुद्ध लड्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन बम पट्काउने आतंककारी गतिविधि सह्य नहुने जनाएका छन् । उनले त्यस्ता अपराधिक गतिविधिमा लागेका व्यक्तिहमा संग्लग्न जो कसैलाई पनि कार्बाही गरेरै छोड्ने जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata