संविधान र कानून भन्दा माथि कोही पनि हुँदैन: प्रधानमन्त्री ओली

शनिबार, माघ १२, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानून भन्दा माथि कोही पनि नहुने बताएका छन् ।  शनिबार स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सबै समस्याको समाधान संवाद र संविधानको मातहतमा रहेर खोजिनु पर्ने बताए ।

शुक्रबार प्रतिनिधि सभा मार्फत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुँदा प्रतिपक्ष दलले विरोध उधुमको विषय बनाउनु पर्ने आवश्यकता नभएकाे भन्दै संविधान र कानुनभन्दा माथि कोही नभएकोले सबै मर्यादा बस्नुु पर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयककका बारेमा आफुले अध्ययन गर्न बाँकी रहेकाले उत्तेजना र आवेगमा आउनु भन्दा पनि विवादको समाधान संविधान मार्फत खोजिनु पर्ने उल्लेख गरे ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विश्व आर्थिक मञ्चको ४९ औं सम्मेलनमा भएको गतिविधिबारे पत्रकारलाई जानकारी गराएका थिए । सम्मेलन ऐतिहासिक रुपमा उपलब्धी मुलक बनेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata