प्रधानमन्त्री ओलीले सातै वटै प्रदेशका मुख्यमन्त्रीसँग परामर्श गर्दै

बुधबार, चैत्र ७, २०७४



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग परामर्शको तयारी गरेका छन् । प्रदेश सरकार सञ्चालनमा कठिनाई देखिएपछि उनले बुधबार परामर्श गर्न लागेका हुन् ।

मुख्यमन्त्रीहरुले कानून र स्रोत–साधन अभावमा काम गर्न नसकिएको गुनासो गर्दै आएका छन् । केन्द्र र प्रदेश सरकारबीचको क्षेत्राधिकार लगायतका समस्या रहेको उनीहरुले बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले समस्या समाधान गर्न मुख्य न्यायाधिवक्ता, प्रमुख सचिव लगायतसँग पनि छलफल गर्ने भएका छन् ।

कर्मचारी अभाव, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायको परिचालन केन्द्र वा प्रदेश सरकार कस्ले गर्ने लगायतका समस्या रहेका छन् । कर्मचारीको अभावमा कानून निर्माणको प्रक्रिया समेत अवरुद्ध बनेको छ । जसले प्रदेश सरकार सञ्चालनमा समस्या देखा परेको मुख्यमन्त्रीहरुले गुनासो गर्ने गरेका छन् ।

180 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank