प्रधानमन्त्री देउवा ‘रिक्स’ मोलेर नयाँ निर्णयमा पुग्दै, गृहमन्त्री थापालाई बनाउने तयारी !

आइतवार, अशोज २२, २०७४

loading...


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखमा सरकार फेरबदल गर्ने तयारी गरेका छन् । प्रजातान्त्रिक गठबन्धन बलियो बनाउन उनले माओवादी केन्द्रका केही मन्त्रीलाई हटाएर केही मन्त्री थप गर्ने योजना भएका छन् । माओवादी केन्द्रका मन्त्री हट्न वा हटाउन अप्ठ्यारो भए अर्को मन्त्रालयको जिम्मेवारी दिनेगरि योजना बनाएका छन् । स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउने गरि योजना बनेको छ । राप्रपाले गठबन्धनसँग तालमेल गर्नुअघि सरकारमा समेत जान चाहेकाले प्रधानमन्त्री मन्त्री फेरबदल गर्न लागेको उनी निकट एक नेताले जानकारी दिए ।

राप्रपाको आज बसेको शीर्ष नेताहरुको बैठकले पनि सरकारमा सहभागि हुने निर्णय गरेको छ । कमल थापालाई गृहमन्त्री बनाउन प्रधानमन्त्री देउवाको योजना छ । गृहमन्त्रालयसहित पाँच मन्त्रालय पाउनुपर्ने राप्रपाले माग गरेको छ । प्रधानमन्त्री त्यसमा सकारात्मक छन् ।

राप्रपालाई चुनावी तालेमलमा प्रत्यक्षतर्फ सात सिट दिनसमेत कांग्रेस तयार भइसकेको छ । समानुपातिकतर्फ भने पछि कुरा मिलाउने सहमति भएको छ । निर्वाचन आयोगले भने चुनावको मुखमा मन्त्री बनाउन हटाउन नपाइने भन्दै त्यसो नगर्न निर्देशन दिइसकेको छ । देउवा सबै रिक्स मोलेर भएपनि सरकार फेरबदल गर्ने निचोडमा पुगेका छन् ।

1137 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank