गान्धी भारतीय थिए, तर भारतको मात्र थिएनन् – प्रधानमन्त्री मोदी

बुधबार, अशोज ८, २०७६



एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राष्ट्रपिता महात्मा गान्धीको सम्झना गर्दै संयुक्त राष्ट्र अमेरिकाको सभामा आफ्नो विचार राख्दै ‘गान्धी भारतीय रहेको तर भारतको मात्र नरहेको दावी गरेका छन् । उनले थप भनेका छन्, – “यो मन्च यसको जीवन्त उदाहरण हो ।”

मोदी समेत विश्वका नेताहरूले संयुक्त राष्ट्र मुख्यालयमा गान्धी सौर्य पार्कको उद्घाटन गर्दै गान्धीको १५० औँ जयन्तीको अवसरमा संयुक्त राष्ट्रमा उनको याद गर्दै एक डाक टिकट पनि जारि गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले ट्वीटमामार्फत ‘समकालीन युगमा महात्मा गान्धीको प्रासंगिकता’ विषयमा बोल्दै बताएका छन्,-“गान्धी जी भारतीय थिए । तर भारतको मात्रै थिएनन्/हैनन् । आज यो मन्च यसैको जीवन्त उदाहरण हो ।”

उनले भने, -” तपाइँहरू कल्पना गर्न सक्नु हुनेछ जो व्यक्ति गान्धी जी सँग कहिल्यै मिलेको छैन, ऊ पनि उनको जीवनबाट कति प्रभावित रहन्छ । मार्टिन लुथर किंग जुनियर हुन् या नेल्सन मण्डेला, दुवैको विचारको आधार महात्मा गान्धी नै थिए । गान्धी जी को सोच थियो ।”

प्रधानमन्त्री मोदीले भने, -” आज लोकतन्त्रको परिभाषाको एक सिमित अर्थ रहेको छ, जनता आफ्नो चाहनाअनुरुपको सरकार बनाउँछन् र  हाम्रो(जनाताको) अपेक्षाअनुसार सरकारले काम गर्दछ भन्ने सोच्छन् । तर गान्धीले जी ले जनतालाई सरकार माथि निर्भर नरहन एवं स्वराज(स्वशासित) बन्न सिकाएका छन् ।”

pm-narendra-modi-shared-thoughts-on-mahatma-gandhi-2को लागि तस्बिर परिणाम

उनले गान्धीको विचारधाराको समर्थन गर्दै आफूले पनि सोहि विचारधारा लिएर अगाडी बढिरहेको बताएका छन् । उनले भने, ” बितेको पाँच वर्षमा हामीले जनसहभागितामा आधारित कामहरूलाई प्राथामिकता दिएका छौं । त्यो चाहे स्वच्छ भारत अभियान होस् या डिजिटल इन्डिया होस् । जनता आफै नेतृत्वको भूमिकामा छन् ।”

यस समारोहमा संयुक्त राष्ट्रको महासचीव एन्तोनियो गुटरेस, बंगलादेशकी प्रधानमन्त्री शेख हसीना, भुटानका प्रधानमन्त्री लोते शेरिंग, दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इन, सिंगापुरका प्रधानमन्त्री ली सीं लुंग, जमैकाका प्रधानमन्त्री एंन्द्र्यु माइकल होलनेस तथा न्युजिल्यान्डको प्रधानमन्त्री जेसीन्डा अर्डर्न सहित अन्य राष्ट्रको प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata