भारतीय प्रधानमन्त्री मोदीले भने, ‘नेपाल र भारत एक अर्का विना अधुरो हुन्छन्’

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतका सबै कुरा समान भएकाले एक अर्काविना दुइटै देश अधुरो रहने बताएका छन् । उनले युगौदेखि नेपाल भारत सम्बन्ध नागरिकदेखि धार्मिक स्तरमा पनि गाढा रहेको बताए । नागरिक अभिनन्दनका क्रममा उनले नेपाल भारतमा दुःख र चुनौती, सपना र आकाक्षा, प्रकृति र सस्कृति जस्ता दर्जानौ कुरा समान रहेको बताए ।

उनले आफु जनकपुर आउँदा अर्को देशमा आएको अनुभव नभएको बताए । उनले आफू यसपटक भारतको प्रधानमन्त्रीको रुपमा भन्दापनि तिर्थयात्रीको रुपमा रहेको स्पष्ट पारेका छन् । जनकपुरस्थित् १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।

ढिला आएकोमा क्षमा
मोदीले जनकपुरमा ढिला आएकोमा क्षमा याचना गरे । उनले भने ‘अगस्ट २०१४ मा पहिलो पटक आफू प्रधानमन्त्रीको तवरमा नेपाल भ्रमणमा आउँदा नेपालको संविधानसभामै आफू जनकपुरमा आउने प्रतिवद्धता जनाएको थिएँ ।’ तर विविध कारणले आफू जनकपुर आउन नसकेकोमा क्षमा माग्दै आफ्नो पुरानो मनोकामना आज पूरा भएको मोदीले बताए ।

‘मेरो यसपटकको नेपालको भ्रमण प्रधानमन्त्रीको रुपमा होइन, प्रधान तीर्थयात्रीको रुपमा रहेको छ ।’ उनले सम्बोधनको क्रममा नेपाल–भारत सम्बन्ध ‘रोटी र बेटी’ को भएको बताए । जनकपुर माता जानकीको भूमि भएको र योबिना अयोध्या अधुरो हुने भारतीय प्रधानमन्त्री मोदीले बताए ।

ओलीप्रति आभार
यसअघि जानकी मन्दिरमा विशेष पूजा गरेपछि मोदीले आफुलाई गरेको सम्मानप्रति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरेका छन् । उनले ओलीलाई सम्वोधन गर्दै भने, ‘प्रधानमन्त्रीजी आफै मलाई स्वागत गर्न जनकपुर आउनु भएको छ । यो स्वागत सम्मानका लागि हृदयदेखि आभार प्रकट गर्न चाहन्छु ।’

उनले आफ्नो स्वागतका लागि गरिएको सुव्यवस्थाको लागि पनि प्रधानमन्त्री ओलीसहित सम्पूर्ण नेपालीमा आभार प्रकट गरे । उनले भने ‘यो सम्मान मेरा लागि मात्र होइन, पुरै भारतका लागि गरिएको सम्मान हो ।’ मोदीले नेपालले पर्यटन विकासमा ठूलै फड्को मारेको समेत बताए ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट मोदीले सम्बोधन गरेपछि ओलीले गरेका थिए । ओलीले अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको चर्चा गरे । उनले भने, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’

173 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank