७३ औं स्वतन्त्रता दिवसमा मोदीले गरे नयाँ भारतको कल्पना

बिहिबार, साउन ३०, २०७६



एजेन्सी । अकल्पनीय बेलायती उपनिवेशको शासनबाट सन् १९४७ को अगस्ट १५ मा स्वतन्त्रता हासिल गरेसँगै विश्व राजनीतिक मन्चमा आफ्नो उपस्थितिको निम्ति भारतले ठूलो कोसिस गर्दै आइरहेको छ । बेलायति राजनीतिक रणनीतिको शिकार बन्दै जन्मदै देखि भोगीरहेको अनेकौं समस्याहरुबाट मुक्ति खोजिरहेको भारतमा विकास र राष्ट्रवाद दिनप्रतिदिन मुखरित बन्दै गइरहेको  ७३औं स्वतन्त्रता दिवसबाट देख्न सकिन्छ  ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीरमा संविधानको धारा ३७० खारेज गरेको प्रसंगको आज (बिहीबार) ७३ औं स्वतन्त्रता दिवसका दिन लाल किल्लामा आयोजित समारोहमा बचाव गरेका छन् । उनले त्यहाँ प्रधानमन्त्रीको दोस्रो कार्यकालको पहिलो स्वतन्त्रता दिवसका अवसरमा आज बिहान तिरंगा फैलाएर मन्तव्य दिएका हुन् ।

प्रधानमन्त्री मोदीले आफ्नो मन्तव्यको शुरुवात रक्षाबन्धनको शुभकामना दिएर शुरु गरेका थिए । त्यसैगरी उनले बाढीका कारण देशमा परेको समस्याप्रति चिन्ता जनाउँदै देशको स्वतन्त्रताका लागि भूमिका खेल्नेहरुको याद गरेका थिए ।

मोदीले काश्मीरको प्रसंगमा धारा ३७० हटाइनुको कारणबारेमा त्यसपश्चात बोलेका थिए । त्यसपछि आफ्नो दोस्रो कार्यकालको दश हप्ताको बीचमा नै तीन तलाक सम्बन्धी कानुन बनाएको, आतंक सम्बन्धी कानुनलाई बदलेर बलियो बनाएको र किसानलाई ९० हजार करोड ट्रान्सफर गर्ने काम गरेको बताए  ।

किसान र साना व्यापारीलाई पेन्सन, अलग जनशक्ति मन्त्रालय, मेडिकलसँग जोडिएको पढाइ लगायतका विषयमा भएको सुधारको उनले चर्चा गरेका थिए ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा बढ्दो जनसंख्याको समस्यालाई इंगित गर्दै छोटो परिवार राख्नु नै देशभक्ति रहेको बताए । उनले प्लास्टिकका कारण पर्यावरणको नोक्सान पुर्याएको बताउँदै प्लास्टिकजन्य सामाग्री बन्द गरिने बताएका छन् ।

उनले २१ औं शताब्दीमा भारतलाई कस्तो बनाउने भन्ने बारेमा आगामी ५ वर्षको खाका बनाइएको चर्चा गर्दै गएका ७० वर्षमा सरकारहरुले केही न केही गरेको भएपनि सोचेजस्तो नभएको जनाए । यस्तो बेलामा नयाँ शिराबाट सोच्नु जरुरी रहेको र जम्मु काश्मीर तथा लद्धाखका जनताको सपना पूरा होस् भन्ने आफ्नो दायित्व भएको जनाए ।

बितेका ७० वर्षमा काश्मीरमा आतंकवाद, अलगाववाद, परिवारवाद र भ्रष्टाचारलाई मजबुत बनाउने काम भएको उल्लेख गर्दै अब त्यहाँको अवस्था सुधार्न १३० करोड जनताले जिम्बेवारी वहन गर्नुपर्ने जनाए ।

उनले लाखौं मानिस विस्थापित भएर आएको र उनीहरुलाई मानवअधिकार नमिलेको चर्चा गर्दै आफू सबका साथ सबका विकास मन्त्र लिएर गएको पाँच वर्ष अघि बढेको र अहिले जनताले सबको विश्वास पनि दिएको चर्चा गरे ।

उनले अहिले नागरिक एक देश, एक संविधान भन्ने अवस्थामा रहेको जनाउँदै धारा ३७०  र ३५ ए हटाउनु सरदार पटेलको सपना साकार गर्ने दिशामा अहम कदम भएको जनाए ।

उनले कश्मीर मामिलातर्फ संकेत गर्दै भनेका छन्, “जो मानिस यसको वकालत गर्छन्, उनीहरुसँग देशले सोधीरहेको छ, यदि यो यति महत्वपूर्ण थियो भने ७० वर्ष सम्म भारी बहुमत हुँदा पनि त्यहाँ किन काम गरिएन ?”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata