भारतसँग शंकारहित, अविश्वासरहित, भरपर्दो मित्रता चाहन्छौँः प्रधानमन्त्री ओली

मङ्लबार, चैत्र २०, २०७४



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भारतको राजकीय भ्रमणबारे संसदमा जानकारी गराएका छन् । चैत २३ गतेदेखि २५ गतेसम्म आफ्नो भारत भ्रमण हुने ओलीले जनाए ।

‘हामी शंकारहित, अविश्वासरहित, भरपर्दो मित्रता बनाउन चाहन्छौँ’ उनले भने ‘नेपाल र भारतबीच धेरै पुरानो र महुआयामिक छ । कसैकसैले त्यस सम्बन्धलाई बिगार्न खोज्यो भने पनि त्यो सम्भव छैन । सप्रने ठाउँमा आइपुग्छ । हामीले हाम्रा भावना, समस्या मैत्रीपूर्ण रुपमा विश्वासमा साथ राख्यौँ भने सुन्न तयार हुनुपर्छ ।’

१९५० लगायतका अनेक विषयमा विज्ञसमूहले छलफल गरेको बताउँदै उनले अवको समयअनुसार पुनर्विचार गर्न दुवै पक्ष तयार रहेको ओलीले बताए ।

ओलीले नेपाल र नेपालीको वृहत्तर हितको पक्ष आफुले उठाउने उनले बताए । उनले नयाँ सम्झौताको चाङ लगाउन भन्दा पुराना सम्झौता कार्यान्वयनमा जोड दिने उनले जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank