हरेक शुक्रबार प्रधानमन्त्रीको ‘विशेष’ सम्वोधन

मङ्लबार, चैत्र १३, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक हप्ता विशेष सम्वोधन गर्ने भएका छन् । हरेक हप्ता संसदमा प्रधानमन्त्री ओलीले सांसदको प्रश्नको उत्तरसहित सम्वोधन गर्नेछन् । मस्यौदा समितिले प्रत्येक शुक्रबार प्रधानमन्त्रीले सम्बोधन गर्ने गरी मस्यौदामा छलफल अघि बढाएको छ ।

प्रत्येक शुक्रबार प्रधानमन्त्रीसँग सांसदले सिधा प्रश्न र जवाफको ‘सेसन’ चलाउने गरी समितिले नियमावलीमा छलफल अघि बढाएको हो । प्रधानमन्त्रीसँगको सवालजवाफलाई कसरी अगाडी बढाउने भन्नेमा टुङ्गो लाग्न बाँकी रहेको छ । शून्य समयमा सांसदले उठाएका विषय ‘सुनाउने र सुन्ने’मात्र भएको भन्दै सांसदहरू स्वयंले गुनासो गर्दै आएका छन् ।

नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले शून्य समयमा सांसदले उठाएका विषयमा बाध्यकारी जवाफका लागि नियमावलीमाव्यवस्था गरिएको छ।

मन्त्रीले पनि जवाल दिने र प्रधानमन्त्रीसँग सवाल जवाफ हुनेगरि मस्यौदा बनाइएको छ । मस्यौदा समिति सभापति पोखरेलले विभिन्न मुलुकको अभ्याससमेत हेरेर प्रधानमन्त्रीले सातामा एक दिन सदनमा सांसदका प्रश्नमा जवाफ दिने गरी नियमावली निर्माणको तयारी भएको बताए।

यसअघि पनि प्रधानमन्त्री र मन्त्रीसँगको सवालजवाफको कार्यविधि नै तयार भएको थियो । तर कार्यन्वयनमा भने आउन सकेन ।

256 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank