प्रधानमन्त्री पुन: सक्रिय, आज पनि सचिवालय र मन्त्रिपरिषद् बैठक

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुईदिनदेखि सक्रिय भएका छन् । मिर्गौलामा समस्या देखिएपछि दुईपटक डायलाइसिस गरेका उनी आइतबार पनि बिहानैदेखि बेलुका अबेरसम्म विभिन्न बैठकमा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओलीले आज पनि नेकपाको सचिवालय बैठक बोलाएका छन् भने त्यसपछि उनी मन्त्रिपरिषद् बैठकमा हुनेछन्  । बिहीबार साँझ डायलाइसिस गरेर फर्किएका प्रधानमन्त्री ओली शुक्रबारबाटै काममा सक्रिय भएको उनको सचिवालयले जनाएको छ ।

उनले आइतबार बिहान मन्त्रिपरिषद् बैठक बोलाए भने दिउँसो सचिवालय बैठक । मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको थियो भने सचिवालय बैठकले संघ, प्रदेश र उपमहानगरमा पार्टी उमेदवार चयन गरेको थियो । आइतबार सातवटै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गरिएकोमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुअघि पार्टीमा छलफलका ११ बजे सचिवालय बैठक बस्ने भएको छ ।

सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले बताएको छ ।  आइतबार साँझ दोस्रो पटक पनि मन्त्रिपरिषद् बैठक बस्ने भनेर मन्त्रीहरुलाई खबर गरिएको थियो । तर भावी प्रदेश प्रमुखको विषयमा पार्टीमा पहिले छलफल गर्नुपर्ने भएकाले टुंगो लाग्न नसकेको स्रोतले जनाएको छ ।नयाँ प्रदेश प्रमुखहरुका बारेमा पार्टीभित्र पनि छलफल भएको एक नेताले बताए ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्ने आज कुनै कार्यक्रम नरहेको समेत जानकारी गराए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata